केटी जिस्क्याएको निहुँमा कुटाकुट हुँदा एकको मृत्यु

वैशाख १९, गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँमा बेहुली पक्ष र जन्तीबीच कुटाकुट हुदाँ एक को मृत्यु हुन पुगेको छ । कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको मृत्यु भएको हो । प्रहरीका अनुसार कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार गोरखाबाट बेहुली लिएर फर्किने क्रममा केटी जिस्क्याएको भन्दै जन्ती र बेहुलीपक्षबीच कुटाकुट भएको थियो । प्रहरीले जानकारी गराए अनुसार बेहुली लिएर फर्किने क्रममा १७– १८ जना युवाहरुको एक समूहले गाडी रोकेर बेहुलीपक्षका केटीलाई जिस्क्याएको आरोप लगाएका छन ।

प्रहरीले जनाए अनुसार बेहुली लिएर फर्कन लागेको गाडी रोकेरै उनीहरुले कुटपिट गरेका हुन । घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेको छ ।

यसरी बिवाहमा जन्ती आएका कुमालको युवककुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका बासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन । उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने पीडित पक्षले माग गरेका छन ।

ढुङ्गामुढा गर्ने स्थानीयको भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ज्ञ्ास प्रहार गरेको छ, भने ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.