मकवानपुरमा ७१ किलो गाँजासहित एक जना पक्राउ

बैशाख १९, मकवानपुर । मकवानपुरमा गाँजासहित एक जना पक्राउ परेको छ ।७१ किलो लागूऔषध गाँजासहित कारोबारी रट्रक चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

बुधबार गाँजा कारोबारी रौतहटका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

ना ५ ख ८१६४ नम्बरको ट्रकबाट ७१ किलो गाँजा फेला परेको प्रहरीले बताएको छ । प्रकाउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.