बैशाख १८, काठमाडौं । गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो।
चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्टिङको रहेको छ ।
हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छौँ। आशा छ यस अघि झै तपाइहरुको माया पाउनेछौँ। गीतको बारेमा बोल्दै भिमफेदी गाइजले ओके छ त लाई मन राउनेमा विश्वस्त रहेको बताएका छन्।
हेर्नुहोस भिडियो

