सुनको मूल्य घट्यो

बैशाख १८, काठमाडौँ । बुधबार सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको भने तेजावी सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महहासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.