गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

बैशाख १७, चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२८ भंगाहामा गैंडाले आक्रमण गर्दा ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति गैँडाले आक्रमण गरेको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.