पत्रकार पक्राउप्रति सभापति देउबाको आपत्ति

बैशाख १५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति समेत जनाए । आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.