बैशाख १४, काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सँगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ६४ औ वार्षिकोत्सवको अवसरमा सनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर डाक्टर नेपालले मुलुकमा उत्साहजनक आर्थिक परिदृश्य देखिएको बताए । उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको बताए । वित्तिय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पहल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनाँले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दे पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरु अघि बढेको बताए ।
उनले बैंक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तिय सबलिकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए । उनले शोधनान्तर स्थितिमा केही दबाब देखिएको भएपनि समष्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक देखिएको बताए ।

