बुद्धको दुर्लभ अस्तु अवलोकन गराइने

बैशाख १३, काठमाडौँ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले अगुवाइ तथा तत्वावधानमा बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ । जेष्ठ ४ गते पर्ने २५६३ औँ बुद्ध जयन्तीको अवसरमा घ्याङ गुठीले विभिन्न संस्था, लामा, खेम्पो तथा भिक्षुहरुको सहभागीतामा ‘मुल समारोह समिति’ गठन गरेको हो ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विज्ञप्ती जारी गर्दै पाँचौ शताब्दीमा निर्मित बौद्ध स्तुपामा परम्परादेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक चिनिया लामा द्वारा स्तुपाको नियमित पुजापाठ, सांस्कृतिक पर्व तथा बुद्ध जयन्ती जस्ता समारोह सञ्चालन गर्ने परम्परा अनुसार बौद्ध मेलम्ची घ्याङ गुठीको संयोजनमा मुल समारोह समिति गठन गरिएको उल्लेख गरिएको छ ।

घ्याङ गुठीका प्रबन्धक नवीन बज्र लामाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उक्त बुद्ध जयन्तीको दिन परम्परादेखि प्रदर्शन गरिने भगवान बुद्ध, काश्यप बुद्धका दूर्लव अस्तु र स्वयम्भूनाथको अस्तू अवलोकण तथा दर्शनार्थ राखिने उल्लेख गरिएको छ । साथै घ्याङ गुठीमा रहेको पौराणिक बुद्धको मूर्ति बौद्ध स्तुपाबाट बौद्ध पिपलबोट हुँदै चाबहिलको स्तुपासम्म विशेष धार्मिक बाजा, झाँकी र ¥याली सहित रथारोहन गरिने पनि बताइएको छ । मुल समारोह समितिले ‘धर्म सन्देश विचार गोष्ठी’ गर्नुको साथै ऐतिहासिक ज्याङतेर धर्म पुस्तक विश्वभरका धर्म गुरुहरुलाई प्रदान गर्ने जनाएको छ ।

उक्त बुद्ध जयन्ती समारोहमा धर्म गुरु लामा, भिक्षु तथा विभिन्न मुलुकका विशिष्ट पाहुनाको साथै नेपाल स्थित कुटनीतिक नियोगबाट महामहिम राजदूतहरु सहित पाँचहजार भन्दा बढीको भक्तहरुको सहभागीता रहने घ्याङ गुठीले जनाएको छ ।

विश्वभरका बौद्धमार्गीले श्रद्धा प्रकट गर्ने विश्वको एक मात्र चिन्तमणी, विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र बौद्ध स्तुपाको ओज र गरिमालाई कायम राख्दै बुद्ध जयन्तीलाई भव्य र ब्यापक बनाउन अन्य संघ संस्थाले पनि सहकार्य गर्न सक्ने मुल समारोह समितिले बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.