बैशाख १३, काठमाडौँ । जारी आइपिएलमा खेलिरहेका विदेशी खेलाडीहरुले आइपिएल बिचमा छोडेर जाने भएका छन । प्रमुख खेलाडीहरुले आइपिएल बिचमा छोड्ने भएपछि खेलको लोकप्रियतामा समेत कमि आउने बताउन थालिएको छ । खासगरी मे ३० बाट शुरु हुन थालेको विश्वकप क्रिकेटको तयारीका लागि आइपिएल खेलिरहेका करिब १७ खेलाडी आफ्नो देश फर्किन लागेका हुन ।
इङल्याण्ड र अष्ट्रेलियाका विश्वकप खेल्ने टिममा परेका सबै खेलाडी स्वदेश फर्किने भएका छन । त्यस्तै दक्षिण अफ्रिकाका खेलाडीहरु पनि स्वदेश फर्किने बताइएको छ । यस्तो मा चेन्नई सुपरकिंग्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस र इमरान ताहिर स्वदेश फर्किदै छन । त्यस्तै दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रीकाका कागीसो रबाडा पनि स्वदेश फर्किदै छन ।
त्यस्तै मुम्बई इण्डियन्सबाट खेलिरहेका अस्ट्रेलियाका जेसन बेहरेनडार्फ र दक्षिण अफ्रिकाका क्विन्टन डी कक स्वदेश फर्किदै छन । त्यस्तै सनराइजर्स हैदरावादबाट खेलिरहेका अस्ट्रेलियाका डेभिड वार्नर र इङल्याण्डका जोनी बैरस्ट्रव, किंग्स इलेभेन पंजावबाट खेलिरहेका दक्षिण अफ्रीकाका खेलाडी डेभिड मिलर, कोलकोताबाट खेलिरहेका जो डेनली पनि स्वदेश फर्किदै छन ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका दक्षिण अफ्रिकाका डेल स्टेन, इङल्याण्डका मोइन अली तथा अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि स्वदेश फर्किदै छन । त्यस्तै राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जस बटलर, बेन स्टक जोफ्रा आर्चर तथा अस्ट्रेलियाका स्टिभ स्मिथ पनि स्वदेश फर्किने छन ।
आइपिएलमा यस सिजनमा ब्याटिंग र बलिङ दुवै क्षेत्रमा विदेशी खेलाडीको दबदबा देखिएको छ । त्यसैले पनि उनीहरुले आइपिएल बिचमा छोडेर गएमा आइपिएलको रौनक कमी हुने देखिन्छ । अहिलेसम्मको खेलमा आइपिएलमा डेभिड वार्नरले ५७४ रन बनाउदै सबैभन्दा धेरै रन बनाएका छन । त्यस्तै आन्द्रे रसेलले अहिलेसम्म ४२ छक्का प्रहार गरेर धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन ।
त्यस्तै जोनी बैरस्ट्रवले अहिलेसम्म ११४ रनको पारी खेलेर एक पारीमा धेरै रन बनाउने खेलाडी बनेका छन । त्यस्तै आन्द्रे रसेलले यस सिजनमा अहिलेसम्म २०९।२७ को स्ट्राइक रेटबाट रन बनाएका भने भने डेभिड वार्नरले सबैभन्दा धेरै ५० चौका प्रहार गरेका छन । त्यस्तै यस सिजनमा अहिलेसम्म कागीसो रबाडाले २३ विकेटलिएका छन भने वेस्टइन्डिजका जोसेप अल्जारीले एक इनिंगमा १२ रन दिएर ६ विकेट लिदै नयाँ रेकर्ड बनाएका छन ।

