खरायो र भ्यागुतो

हाम्रो लोक समाजमा धेरै दन्त्य कथा छन् । एउटा बालकहरुलाई अभिप्रेरित गर्ने लोक कथा छ । लामो छैन यो कथा । लाग्छ कथाभन्दा पनि चुट्किला जस्तो ।  कथा हो, भ्यागुता र खरायोको दौड प्रतियोगिता भएछ । रेफ्रीले सिटी फुक्नासाथ खरायो दौडिन थालेछ । खरायोले म्यागुतो पनि देखेनछ । उसले आफूलाई एक्लो प्रतिष्पर्धी ठाने छ । ऊ दौडिएर पोलमा पुगे छ । खरायो पोलमा पुग्दा भ्यागुतो अघि नै पोलमा पुगिसकेको रहेछ । खरायो छक्क परेछ । भ्यागुताले दौड जितेछ ।

उक्त लोक कथाको रहस्य के रहेछ भने भ्यागुतो सिटी फुकेको बेला उफ्रिएर खरायोको टाउकामा बसेछ । पोलमा पुग्ने बेलामा उफ्रिएर खरायोभन्दा पहिला पोलमा पुगे छ । यहाँ छन् केही जीवनका सूत्रहरु । छन् केही सफलताका पक्षहरु । यहाँ छन् केही जीवनका सूत्रहरु र सफल हुन सङ्गतको आवश्यकताका कुराहरु ।  सोझो अर्थमा हेर्दा, यो कथा मात्रै हो । लाग्छ, सम्भव छैन भ्यागुता र खरायाको दौड प्रतियोगिता । खरायो भ्यागुतो टाउकामा बोकेर कुद्न सक्तैन सायद । भ्यागुतो चन्चल खरायोको टाउकामा अडिँदैन सायद । भ्यागुतो टाउकामा चढेको रेफ्री र दर्शकले देखिसक्थे सायद । यो सम्भव छैन सायद । तर यसमा हाम्रो जीवनका लागि केही सूत्र छ । यहाँ खरायो ठूलो र भ्यागुतो सानो छ । खरायो शक्तिशाली र खरायो कमजोर छ । खरायो फुर्ती र भ्यागुतो अल्छी छ खरायो बुद्धिमान र भ्यागुतो बुद्धु छ अरुले देख्दा तर भ्यागुतोले दौड जितेको छ । यो भ्यागुतो भ्यागुताकै हुलको मस्तिष्कले काम गर्ने भ्यागुताका रुपमा देखा परेको छ ।

यस जितमा एउटा सूत्र छ । तिमी कमजोर हौला तर सक्षमको साथ लिन सक्छौ । सक्षमलाई उपयोग गर्न सक्छौ । तिमी कमजोर हौला तर सक्षमसँग प्रतिष्पर्धामा जाऊ सफल हुन सक्छौ । वास्तवमा हामी प्रतिष्पर्धामा जाँदैनौँ र नै असफल बन्छौँ । हामी प्रयत्न गर्देनौँ र नै असफल बन्छौँ । हामी सफल हुन खोज्ने पात्रभन्दा टाढा बस्छौँ र नै असफल बन्छौँ । हामी आफूलाई जात, वर्ग, सम्पत्ति, शिक्षा, सामथ्र्य आँट आदिमा अरुभन्दा कमजोर सम्झन्छौँ र असफल बन्छौँ । आफूलाई अरुभन्दा कमजोर देख्छौँ, ठान्छौँ र असफल बन्छौँ । म सक्तिनँ होला भन्ने हीनताको शरणमा पर्छौ र असफल बन्छौँ । हामी सफल बन्ने प्रयत्न गर्दैनौँ र असफल बन्छौँ । यो रोग हामीमा मात्र होइन, हामीले भेटेका व्यक्तिमा, समाजमा, देशमा जहाँसुकै छ ।
हामी भ्यागुताहरुलाई खरायोको सङ्गत चाहिएको छ ।

“तेन्जिङसँग पैसा थिएन हिमाल चढ्ने सहास थियो । हिलारीसँग पैसा थियो हिमाल चढ्ने सहास थिएन ।”

सगरमाथा चढ्ने एडमन्ड हिलारीको संगतले तेन्जिङ शेर्पा सगरमाथा पुग्छन् सम्पत्तिको दृष्टिले हेर्दा । तेन्जिङ शेर्पाको सङ्गतले एडमन्ड हिलारी सगरमाथा पुग्छन् हिमाल चढ्ने कला र सहासका दृष्टिले हेर्दा । देखिन्छ यी दुई पात्र एकअर्काका सङ्गतले सफल भएका । तेन्जिङसँग पैसा थिएन हिमाल चढ्ने सहास थियो । हिलारीसँग पैसा थियो हिमाल चढ्ने सहास थिएन । फरक क्षमताको उपयोग गर्नसाथ दुवै सफल । दुवै सगरमाथा विजयी । दुवै विश्वप्रसिद्ध, दुवैलाई विश्वको नागरिकता दिने होड ।

हामी कहिले काहीँ एक्लै हिँडेर अल्मलिन्छौ । कहिले हामीभन्दा अल्छी समूहसँग डिँडेर अल्मलिन्छौँ । कि हाम्रो यात्रै नमिल्ने फुर्तीसँग हिँडेर अल्मलिन्छौँ, कि सारै अल्छीसँग हिँडेर अल्मलिन्छौँ । आफूलाई निराश बनाउँछौँ कि बढी आत्मविश्वासी ठानेर अफ्ठ्यारामा पर्छौं । यो अफ्ठ्यारो परिस्थितिबाट मुक्तिको उपाय हाम्रै वरिपरि छ । त्यसलाई हामी भेटि राखेका हुँदैनौँ । यस चिन्तनले हे¥यौं भने हामी मनोविज्ञानभन्दा अगाडि बढ्न सक्छौँ ।  यहाँ वर्तमान शताव्दीका दार्शनिक चिन्तनभन्दा हामै्र लोकको भ्यागुतो र खरायोको कथा प्रभावी बनिरहेको छ । यो कथाको सूत्र हे¥यौं र उपयोग ग¥यौ भने माक्र्सभन्दा अगाडि बढ्न सक्छौँ । माक्र्सभन्दा अगाडि यस अर्थमा कि उनले भ्यागुताको एकताको वा वर्गीय एकताको कुरा गरेका छन् । यहाँ भ्यागुताको एकताले मात्र पुग्दैन । मनोविज्ञान असफल, यस अर्थमा कि मनोविज्ञान भन्छ आफ्नो अवस्था अनुसारको सोचाँई हुन्छ, यहाँ अवस्थाभन्दा अग्रगामी र विशेष सोचाई छ । यी दुई सिद्धान्त एक्काइसौँ शताब्दीका शक्तिशाली सिद्धान्त पनि हुन् । आँखा खोलेर हेर्दा हाम्रो लोक कथाको दर्शन यी शक्तिशाली दर्शनभन्दा अगाडि छ । हामी भने हाम्रै दर्शनवारे अनविज्ञ छौँ, हाम्रै वनका कस्तुरी जस्तै । हाम्रा गुरु हाम्रै सफल भ्यागुता देखिरहेका छैनौँ, नजिकको तीर्थ हेला भनेझैँ । हामी विश्वका दर्शन पढ्ने भयौँ, विश्वले बनाएका प्राविधिक वस्तु उपयोग गर्ने भयौँ तर हाम्रा पोखरीका भ्यागुताझैँ खरायोकै टाउकामा चढ्ने सामथ्र्य बनाउन सकेनौं । भ्यागुताकै सम्मेलन गरेर भ्यागुताकै खुट्टा तानेर बसिरह्यौँ ।

आफ्नो परिवेश अनुसार मात्र सोँचेको भए यस कथाको भ्यागुतो सफल हुने थिएन । भ्यागुतो सफल हुने थिएन भ्यागुताकै समूह बनाएर खरायोसँग भिडेको भए । भ्यागुतो सफल भयो भ्यागुतोकै अवस्थामा खरायोको सामथ्र्यको संगतबाट । यो भ्यागुतो सफल हुने थिएन यो भ्यागुतो सफल भयो । हामी पनि सोचौँ कतै खरायो भेटिन्छ कि ? कतै हामी पनि एक्लो भ्यागुतो बनेरै खरायो जित्न सक्छौँ कि ? नयाँ वर्षको शुभकामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.