सांसद नेपालको अभिभावकत्व पाए सिन्धुपाल्चोकका ६ वर्षिया पुजाले

बैशाख ११, सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिका, घोर्थलीकी ६ वर्षिया पुजा थामीले सांसद सरेश नेपालको अभिभावकत्व पाएकी छिन । सांसद नेपालको अभिभावकत्वमा विद्यालय भर्ना हुन पाएपछि पूजाको मुहारमा खुसी छाएको छ ।

विद्यालय शिक्षाको सहज पहुँचबाट पर रहेकी पूजालाई सांसद नेपालले बुधबार सुनकोसी गाउँपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयमा भर्ना गरिदिए । भर्ना भएपछि उनको मुहार उज्यालियो ।

विद्यालयका प्रधान्याध्यापक बासु जिसीले खादा लगाएर स्वागत गरिरहँदा पुजा मुस्कुराईरहेकी थिईन । ‘पढेर ठूलो मान्छे बन्छु’, सेतिदेवी माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएपछि ६ वर्षिया पुजाले तोतेबोलीमै यसरी खुसी पोखिन ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै जिल्लाभर विद्यार्थी भर्नाको क्रम चलिरहँदा ३ नम्बर प्रदेश सभाका सांसद सरेश नेपालले अभिभावक बनेर पूजा थामीको विद्यालय शिक्षाको जिम्मा लिएका हुन ।

पूजाका लागि विद्यालय शिक्षामा आवश्यक खर्च, शैक्षिक सामग्रीको व्यवस्था मात्र होईन, सांसद नेपालले सुनकोसी ७ स्थित आफ्नो घरैमा बसोबासको समेत व्यवस्था मिलाइदिएका छन ।

विभिन्न कारण बालबालिकाहरु विद्यालयबाहिर रहिरहँदा विकट भुगोलकी एउटी बालिकाको अभिभावक बनेर बिद्यालयमा भर्ना गरिदिएको सांसद नेपालले बताए ।

सांसद आफैं अभिभावक बनेर विद्यार्थी भर्नाको सुरुवात भइरहँदा बिद्यालय उमेरका बालबालिकाहरुलाई बिद्यालय ल्याउन सहज हुने सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताए । विद्यालय व्यवस्थापन समितिले पदाधिकारी र शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ । शिक्षामा समान पहुँचका लागि यस्तो निर्णय गरिएको अध्यक्ष तिमल्सिनाले बनाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.