बैशाख ११, बैशाख । विप्लव समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला स्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ ।
गएराति आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राति ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेको आमा छोरालाई गिरफ्तार गरेको हो ।
उनको ५ बर्षीय छोरासहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । केही महिना अघिबाट विप्लव नेतृत्वको नेकपालाइ सरकारले प्रतिबन्ध लगाई पक्रउ गर्न आदेश दिएको छ । प्रहरीले हालसम्म तीन सयभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

