श्रीलङ्कामा भएको बम बिस्फोटको जिम्मा ‘आइएस’ले लियो

बैशाख ११, काठमाडौं । श्रीलंकामा आइतबार भएको वम विस्फोटको जिम्मा इस्लामिक स्टेटले (आइएस)ले लिएको छ ।

घटनाको तीन दिनपछि आफ्नो समाचार निकाय ‘अमाक’मार्फत आक्रमणको जिम्मेवारी लिएको हो । आईतबार विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३ सय २१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ । अमेरिकी गठबन्धनका नागरिक र श्रीलंकाका इसाईहरुलाई आफ्ना लडाकुहरुले निशाना बनाएको जिकिर गरेको छ । यद्यपि श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ ।

राष्ट्रिय शोककामाझ बम हमलामा ज्यान गुमाएकाको सामुहिक अन्तिम संस्कार गरिएको छ । त्यसक्रममा पुरै मुलुकमा तीन मिनेटको मौनधारण गरिएको थियो । थप हमला हुनबाट रोक्न घोषणा गरिएको संकटकाललाई निरन्तरता दीएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.