महिला भलिबलको उपाधि एपीएफलाई

बैशाख ११, नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । बुधबार भएको फाइनल खेलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले उपाधि उचालेको हो ।

पहिलो सेट २५–११ ले जितेको एपीएफले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्न सफल भयो । प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भएको छ भने गण्डकी प्रदेशले सान्त्वनामा चित्त बुझाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.