बैशाख १०, स्याङजा । सुनको सिक्री रसायन प्रयोग गरी सफा गरी दिन्छु भन्दै ठग्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत झारखन्ड प्रदेश गोड्डा जिल्ला मागहमा थाना ४ बस्ने वर्ष ३८ का तेवारी साह र वर्ष ३३ का असर्फो साह रहेका छन । उनीहरुले स्याङ्जा चापाकोट नगरपालिका- ५ आमडाँडा बस्ने इन्द्रकुमारी मानन्धरको २ तोलाको सुनको सिक्री रसायनले सफा गरिदन्छु भन्दै लगेका थिए ।
सिक्री लगेको केही दिनसम्म फिर्ता नदिएपछि मानन्धर आफू ठगिएको महसुस गर्दै प्रहरी सामु ठगी मुद्दा दिन पुगेकी थीन ।
सिक्री लगेर फरार रहेका दुवै भारतीय नागरिकलाई रासायनिक पदार्थ र सिक्रीसहित पक्राउ गरिएकाे हाे । उनीहरुलाई जिल्ला अदालत स्याङजाले ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

