एथलेटिक बिल्बाओमाथि रिलय मड्रिडकाे सहज जित

बैशाख ९, एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तरगत आइतबार राति भएको खेलमा रिलय मड्रिडले सहज जित निकालेको छ । मड्रिडले पाहुन टाेली एथलेटिक बिल्बाओलाई ३–० गोलले पराजित गरेको हो ।

मड्रिडलाई सहज जित दिलाउनका लागि करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गर्याे । ४७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । उनले मार्को असेन्सियोको वासमा हेड गोल गरेका थिए । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै अग्रता २ ० बनाए । त्यसपछि उनले ९० औं मिनेटमा ज्ञ्ारेथ बेलको पासमा गोल गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । बेन्जेमाले जारी सिजनमा २१ गेल गरिसकेका छन ।

जितसँगै तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.