गुणस्तरहिन सेवा प्रदान गर्दै भाईनेट, उपभोक्तबाट यसरी लुट्छन्

बैशाख ८, काठमाडौं । पछिल्लो समयमा सूचना प्रविधिको विकाससंगै नेपालमा पनि विभिन्न नेटवर्किङका कम्पनिहरु भित्र्यिाएका छन् । त्यस्तै समयको आवश्यकतासंगै नेपालीहरुले प्रयोग गर्दै आईरहेको नेपाल टेलिकम, युटिएल हुदै एनसेल, वल्र्डलिङ्क, सुबिसु, क्लासिक टिच, भाइनेट लगायत थुप्रै नेटवर्क सेवा प्रदायकका नाममा विदेशी धेरै तर स्वदेशी थोरै लगानीमा कम्पनीहरु सञ्चालन गर्दै आएका छन् ।

यस प्रकारका कम्पनीहरुले नेपालीहरुलाई प्रयोग गर्न मात्र होईन ठूलै रकम ठग्दै आईरहेको प्रयोगकर्ताहरुको गुणासो पनि छन् । एनसेल कम्पनी पनि त्यस्तै ठक्ने कम्पनीको रुपमा चिनिए पनि नेपालकै केही राजनीतिक दलका व्यक्तिहरुले गर्दा सरकारलाई तिर्नुपर्ने अर्वौ रुपियाँ राजस्व समेत तिरेका छैन् । त्यही कम्पनिले सेवाग्राहीहरुलाई विभिन्न प्रलोभनसहित अफरहरु देखाउँदै रिचार्जबाट रकम लुटिएको छ । नाम नखुलाउने शर्त एक भाइनेट प्रयोगकर्ता भन्छन् – ‘ चाडपर्वको बेला उपहार र महाअफर भन्दै ठक्दै आएको छ । आशा देखायो तर त्यसको सुविधा लिन नपाई फेरी पैसा तिर्ने दिन आईहल्छ ।’

भाइनेट प्रयोगकर्ताहरु पनि समस्यामा परेका छन् । वर्तमानमा मात्र होईन विगतका समयदेखि भाइनेट प्रयोग गर्दै आईरहेका प्रयोगकर्ताहरु सामाजिक सञ्जाल ट्युईटरमा यसरी आक्रोश व्यक्त गर्दै आएका छन् । पटक–पटक सम्पर्क गर्दा पनि नेट सेवामा सुधार नआएपछि राजधानी स्थित जोरपाटीमा सञ्चालन रहेको सत्कार मिडिया हाउँस प्रा।लि।का सञ्चालक समितिका सदस्य मनिका लोप्चन् भाइनेटको प्रयोगबाट दिक्का लागेकी बताईन् । सुरुमा कम्पनिले खरिदमा विभिन्न अफर देखाई सेवामा कुनै समस्या नआउने बताउँदै आएपनि नेट जडन गरेदेखि ४ महिना सम्मा सुधार नआएको गुणासो लोप्चन्ले व्यक्त गरिन् । अफिस प्याकेज भनेर नेट जडान गरिएता पनि दुईओटा ल्यापटप पनि राम्रो संग चल्न नसक्ने नेटको स्पीडले गर्दा कार्यालयमा कार्यरत विवेक लामा हैरान भएको गुणासो व्यक्त गर्दै आएको छ । उनले यस्तै नेटको कारण हाम्रो काममा धेर्र बाधा आयो अब भाइनेटको विकल्प खोज्नुपर्ने बताएका छन् ।

३ महिना अगाडी सर्भिस चार्ज, डिभाईस भन्दै रु। ९ हजार १ सय २८ रुपियाँ तिरेरको उक्त नेटमा पटक–पटक समस्या आउने र फोन सम्पर्क गर्दा हामी हेरिदिन्छौं भन्ने र केही सुधार नआएको बताएको छ । उनले भने हामीले पटक–पटक फोन गर्दा कहिले मौसमको समस्या देखाउने कहिले फाईबरमा समस्या आएको भन्दै चाँडै समस्याको समाधान गर्ने भनिए पनि केही परिवर्तन नआएको नेट प्रयोगकर्ता लामाले बताए ।

नेट जडानको नाममा सडकमा अव्यवस्थित रुपमा तार विस्तार गरी शहरलाई नै कुरुप बनाईरहेको भाइनेटलाई सम्बन्धित निकायले कानुनी दायरामा भने ल्याउन सकिरहेको छैन् । बिजुलीको पोलमा चढि ईन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर घाईते तथा मृत्यु समेत भएको घटनाहरु पनि सार्वजनिक भईरहदा सम्बन्धित पक्ष भने यस विषयमा मौन बसिरहेको छ ।  जनतालाई झुक्याउने र पैसा मात्र लुट्ने त्यस प्रकारका कम्पनीहरुलाई खारेजी गरी व्यवस्थित तरिकाले सेवा प्रदान गर्न सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.