काठमाडौंबाट मनाकामना जाँदै गरेको बस पल्टियाे : २ जना मृत्यु, १० घाइते

बैशाख ८, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा बस दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा मनकामना दर्शनकाे लागि जाँदै गरेको बा ४ ख १४१५ बस सडकबाट खसेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन । मृत्यु हुनेकाे अहिलेसम्म पहिचान हुने सकेकाे छैन । बसमा २० जना भन्दा बढी यात्रु रहेको जनाइएकाे छ ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको पनि प्रहरीले कार्यालय गजुरीले जनाएको छ । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । वृस्तृत विवरण आउँन बाँकी छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.