जनताको आर्थिक वृद्धिमा सरकार कटिवद्ध : मन्त्री महासेठ

वैशाख ८, लहान। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।

सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो । बजेट प्रर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउछ, मन्त्री महासेठले भन्नुभयो, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।” तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालू आर्थिक वर्षमा ३२ वटा विकासका योजना ल्याएको बताउनुहुँदै उहाँले सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लालाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री तथा नेकपाका नेता अजयशंकर नायकले कर्जन्हा नगरपालिकामा सौन्दर्य झल्किने धेरै जसो स्थान रहेकाले यसलाई विकास र प्रचारप्रसार गरेर नगरलाई सौन्दर्य झल्किने स्थानको रुपमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान, पूर्वमन्त्री विश्नाथ साह, प्रतिनिधिसभाका सांसद लिलानाथ श्रेठ, प्रदेश सांसद दिलीप साहलगातयले विकास निर्माणबारे धारणा राख्नुभएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.