आज अपरान्हपछि हावाहुरी र चट्याङको सम्भावना

बैशाख ८, काठमाडौं । आजपनि देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले अनुमान गरेका छन् ।

पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्न सक्नेछ । मौसमविद्ले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

मौसममा दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्न सक्ने बताइएको छ । यसवर्ष प्रिमनसुन निकै नै सक्रिय भएकाले पानी पर्ने क्रम धेरै भएको पनि मौसमविद्हरुको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.