८३ प्रतिशत अंक ल्याई कक्षा १ मा प्रथम भइन् प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङ्मु

बैशाख ६, मुगु । आठ बर्षीया ठिल्लेसाङ्मु लामा एक बर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् ।

अघिल्लो बर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहरण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हाँसिल गरेकी छन् ।

उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारका कोही साक्षार छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी काममा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने, बनपाखामा च्याउ टिप्नेलगायतका काम गर्छिन । करिब तीनबर्ष अघि बाबु कार्माटोन्डुल लामाको लडेर मृत्यु भएपछि आमा छिजुले उनी र बहिनीको पालनपोषण गरिरहेको ओलीले बताए । –कान्तिपुर दैनिकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.