बैशाख ५, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। दुई वटा विधेयकहरूलाई पुनः समितिमा पठाउने निर्णय सहित बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक एजेन्डा नभएपछि स्थगित भएको हो ।
‘प्रदेशसभा सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिको प्रतिवेदन सहितको नियमावलीको मस्यौंदा’ विधेयकमा छलफल पुरा नभएपछि पुनः समितिमा पठाउने निर्णयसहित बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
गत मंगलबार बसेको प्रदेशसभा बैठकले दुवै विधेयकलाई पुनः समितिमा पठाउने निर्णय गरेको थियो। प्रदेशसभाको अर्को बैठक ८ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।

