तेस्रो संस्करणको मिस नेवाः हुने, विजेताले स्कुटी पाउने

बैशाख ५, विराटनगर । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ ।

विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत प्रदान गरिने बताउनुभयो । प्रतियोगिताका सहभागीलाई एवं विजेतालाई रु पाँच लाख बराबरको बीमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ । आगामी शनिबारदेखि विराटनगरबाट नामाङ्कन शुरु गर्ने तथा धरानमा वैशाख १४ र दमकमा वैशाख २१ गते अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिनुभयो । विभिन्न चरणको छनोट कार्यक्रममा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता हुनुभएको थियो ।

एनएमबी बैंक सबैको सहारा बचत, १८ रोगको बीमा एनएमबी बैंकले सञ्चालनमा ल्याएको ‘सबैको सहारा बचत’ खाता खोल्दा १८ प्रकारको गम्भीर प्रकृतिको रोगका उपचारको बीमा बचतकर्ताले पाउने भएका छन् । बैंकले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बैंकमा खाता खोल्दा सेवाग्राहीले रु १०० पाउनुका साथै बीमाको सेवा पाउने जनाएको छ । बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेले दुईपटक बैंक अफ द इयरको उपाधि पाएको यो योजनामा सहभागी हुन कुनै बैंकमा खाता नभएको व्यक्ति हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । वित्तीय पहुँच बाहिर रहेका सर्वसाधरणलाई बैंकमा जोड्ने उद्देश्यसहित नेपाल सरकारले शुरु गरेको अभियानलाई सफल बनाउन उक्त योजना ल्याइएको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.