करोडौं मूल्यका १५ वटा डायलाइसिस मेसिन सञ्चालनमा नआउँदै आयु सकियो

बैशाख ५, काठमाडौं । मिर्गौला फेल भएका बिरामीको जीवन लम्ब्याउने उपचार विधि भनेको मिर्गौला प्रत्यारोपण र डायलाइसिस नै हो। तर, भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका बिरामीको उपचार गर्ने करोडौं मूल्यका डायलाइसिस मेसिन सञ्चालनमा नआउँदै आयु सकिएर काम नलाग्ने भएका छन्।

केन्द्रले उपकरण थन्काएर राख्दा डायलाइसिस गराउनु पर्ने बिरामी भने सेवाबाट बञ्चित भएका छन्। केन्द्रले कमिसनको लोभमा चलाउने जनशक्ति र जडान गर्ने स्थान नभए पनि धेरै संख्यामा डायलाइसिस मेसिक किनेर थन्काएको हो। अस्पतालमा बिरामीको चाप बढेपछि केन्द्रले ती उपकरण प्रयोगमा ल्याउनु पर्नेमा थन्काएर राख्दा १५ वटा मेसिनको आयु सकिएको छ भने ११ वटा मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदमा मेसिको प्रयोगमा ध्यान नदिँदा बिरामीलाई डायलाइसिसका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको उल्लेख छ।

महालेखापरीक्षकको प्रतिवेदनले केन्द्रका ६१ मेसिनमध्ये २०७५ आषाढ मसान्तमा ३५ मेसिन मात्र सञ्चालनमा रहेको औल्याएको छ। सञ्चालनमा रहेका ३५ मेसिन चौबीसै घण्टा सञ्चालन गर्दा समेत दैनिक अधिकतम १२० जनाले मात्र सेवा लिन सक्ने अवस्था छ। महालेखाले परीक्षणको समयमा जाँदा पर्याप्त मेसिन अभाव, पूर्वाधार तथा जनशक्तिको कमीको कारण १४५ जना बिरामी हेमोडाइलासिस गर्न, ६८ जना मिर्गौला प्रत्यारोपण गर्न र २ जना पियर एक्सचेन्जको लागि प्रतीक्षामा रहेका थिए।

केन्द्रले बिरामीको ल्याब परीक्षणका लागि केमिकल खरिद गर्ने तर त्यसको उपयोग नगरी फाल्ने गरेको समेत महालेखाले फेला पारेको छ। केन्द्रले खरिद गरिएका रिएजेन्टमध्ये ४० प्रतिशतभन्दा बढी रिएजेन्ट तथा केमिकल खेर फाल्ने गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनले देखाएको हो। मानव अंग प्रत्यारोपण केन्द्रले अस्पतालमा प्रयोगशाला परीक्षणको उचित व्यवस्थापन नगरी बिरामीलाई पुल्चोकस्थित निदान अस्पताल र आरोग्यम फाउन्डेसनमा पठाउने गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.