बैशाख ०३, एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले वाटफोर्डलाई १–०ले पराजित गरेको छ । वाटफोर्डको मैदानमा कठिन जित निकाले आर्सनल लिगको चौँथो स्थानमा उक्लिएको छ ।
खेलको १० औं मिनेटमा पिएरे इमरिक औबामियाङको गोलबाट अग्रता लिएको आर्सनलका लागि बाँकी गोल हुन नसक्दा सोही गोल निर्णयक गोल बन्यो । खेलको दोस्रो हाफ गोल रहित रहेको थियो । वाटफोर्डकातर्फबाट कसैले गोल गर्न नसक्दा आर्सनलले जित निकालेको हो ।
यो जितसँगै ३३ खेल खेलेको आर्सनल ६६ अंकसहितल चौँथो स्थानमा पुगेको छ । आर्सनलको एक खेल बढी खेलेको चेल्सीसँग अंक बराबरी भएपनि गोल अन्तरमा आर्सनल अघि बढेको हो । ८५ अंकसहित लिभरपुल शीर्ष तथा म्यानचेस्टर सिटी ८३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

