दुबै मिर्गौला पीडित अशोकलाई ४ लाख सहयोग हस्तान्तरण

बैशाख १, काठमाडौं । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय दुबै मिर्गौला पीडित अशोक लामाको उपचारका लागि शनिबार एक कार्यक्रम गरी रु. ४ लाख २० हजार ६ सय ४७ सहयोग रकम हस्तान्तरण गरेको छ ।

तराना कला केन्द्र र ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजद्वारा आयोजीत कार्यक्रम तथा अभियानबाट संकलित उक्त रकम पीडित तामाङलाई हस्तान्तरण गरिएको हो । गत दुई वर्ष अगाडी बैदेशिक रोजगारको शिलशिलामा रहेको बेला दुवै मिर्गौलाले काम गर्न छाडेपछि स्वादेश फर्किएका लामाको अहिले काठमाडौं स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । पीडित लामाको आर्थिक अवस्थामा नाजुक बन्दै गएपछि मिर्गौला प्रत्यारोपणमा समस्या आएकोले उनले सबै नेपाली मनहरुलाई सहयोगको याचना गरिरहेका छन् । काठमाडौंमा आयोजीत उक्त कार्यक्रमबाट केही मात्रमा सहयोग राहत पु¥याउन सफल भएपनि अझै खर्चको अभाव हुने भएकोले कार्यक्रम संयोजक तथा गायिका बसन्ती लामाले उनको जीवन बचाउनका लागि सबैलाई आग्रह गरिन् ।

विभिन्न देशबाट उक्त अभियानमा साथ दिने सहयोगीहरुलाई धन्यवाद दिदैं कार्यक्रमका सभाध्यक्ष एवम् ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन मोक्तानले अशोक जस्तै मिर्गौला पीडितहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । दोलखा जिल्लाकै संघीय प्रतिनिधि सभा सांसद पार्बत गुरुङको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा तामाङ समुदायबाट नेपाल प्रहरीमा सेवारत प्रहरी वरिष्ठ उपरिक्षक बसन्त लामालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाईं, सांसद सरस्वती बस्नेत लगायत अतिथिहरुको उपस्थिति थियो । उनिहले बोल्ने क्रममा अशोकको उपचारार्थ सरकारी निकायसम्म पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रममा चर्चित गायकहरु प्रेम लोप्चन्, लाक्पा शेर्पा, विशाल कल्तेन, सन्जीव वाईवा, गायिका इन्दिरा गोले तामाङ तथा थुप्रै कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.