आन्दोलित चिकित्सकहरु काममा फर्किए

बैशाख १, काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् ।

सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग राख्दै देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए ।

चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले १५ दिनसम्म पनि माग सम्बोधन नभए थप आन्दोलनको घोषणा गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.