२० लाख पर्यटक भित्र्याउने लक्ष्य

वैशाख १, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल भ्रमण वर्ष–२०२० को शनिबार यहाँ शुभारम्भ गर्नुभएको छ । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपाल भ्रमण वर्ष सफल पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको चर्चा गर्नुहुँदै दुई वर्षभित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइँ लम्ब्याउने गरी आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै, नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज वैद्यले काठमाडौं विमानस्थललाई दसैँसम्म सुधार गरिने जानकारी दिनुभयो ।  कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, पवित्रा खनाल निरौला, नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले पर्यटन विकासबारे चर्चा गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१७ मा १० लाख र २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसअघि भिजिट नेपाल–१९९८, नेपाल पर्यटन वर्ष २०११ मनाइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.