अस्पतालमा वालकको मृत्यु प्रकरणले तनाव

चैत २६, बुटवल । सोमवार साँझ बुटवलको आम्दा अस्पतालका डाक्टरको लापर्वाहीले एक वालकको ज्यान गएपछि तनाव उत्पन्न भएको छ । बालकका आफन्तले मतक वालकको शव बुझ्न नमानेपछि थप तनाव भएको हो ।

सोमवार साँझ ७ बजेको समयमा वुटवल स्थित शिद्धार्थ महिला तथा बाल अस्पपात (आम्दामा ) बुटवल–११ सुख्खानगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको उपचार गर्न लैजाँदा मृत्यु भएको थियो । बालकका अभिभावकले डाक्टरको लार्पवाहीबाट छोराको ज्यान गएको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै अस्पताल परिसरमा तनाव उत्पन्न गरेका छन ।

सहमतिका लागि हिजो रातिदेखि आज दिनैभर प्रयास गरे पनि मृतकका परिवारले १५लाख क्षतिपुर्तिको अडान नछाडेपछि छलफल विना निश्कर्ष टुङ्गिएको छ । निमोनिया विमारले गम्भीर बनेका वालकलाई हिजो साँझ ६ बजेतिर परिवारजनले भैरहवा मेडिकल कलेज पुराएका थिए । त्यहाँबाट आम्दा अस्पताल रिफर गरिएको थियो । आम्दामा उनिहरु आउँदा डाक्टर सन्तोष पोखरेल तिलोत्तमा अस्पालमा पनि पार्टटाईम काम गर्ने हुँदा उनि त्यही भएको थाह पाई उहि पुगेका थिए ।

डाक्टरर पोखरेलले केहि औषधी लेखेर आम्दामै लगेर भर्ना गर्न सुझाव दिए । त्यहाँ लगे पछि उक्त औषधी नर्सहरुले खुवाए तर आकस्मीक कक्षमा राखिएका ती वालकलाई दुई घण्टा सम्म कुर्दा पनि कुनै डाक्टर हेर्न आएनन । डाक्टर बेलैमा नआउँदा आफ्ना छोराको ज्यान गएको उनकी आमा ज्ञानु दर्लामीको आरोप छ ।

‘ मैले पटक पटक डाक्टर बोलाई दिन आग्रह गरें तर कोही आएनन’– उनले भनिन –‘नर्सहरुले वेवास्ता गरे । जव छोराको मृत्यु भयो तव मात्रै आए । ’ यता अस्पताल प्रशासनले भने बालकको ज्यान जानुमा आफुहरुको गल्ती नभएको जिकिर गर्दै क्षतिपुर्ति दिन नसक्ने, बरु विज्ञहरुको टोली राखेर छानविन समिति गठन गर्ने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.