विहानैदेखी देशभर बदली र वर्षा

चैत २६, काठमाडौं । मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा केहि दिन देखि देशभरीकै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ । मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी बिहारमा न्यून चापिय क्षेत्र र बंगालको खाडीमा उच्च चापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

आज मंगलबार पनि बिहानैदेखि देशभरी नै आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । उता पूर्वि तराईका केही स्थानमा हुरीबतास समेत चलेको महाशाखाले जनाएको छ । महाशाखाले आज मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने संभावना रहेको सोमबार नै जनाए पनि आज दिनभरि नै मौसम प्रतिकूल रहने देखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.