बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पाराजित

चैत २४,  एजेन्सी । स्टार स्ट्राइकर लियोनाल मेस्सीले नयाँ रेकर्ड बनाउँदा स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक खेल जित्ने खेलाडीको रेकर्ड बनाएका हुन् । मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७५ खेलमा जित निकाल्न सफल भएका हुन् ।  शनिबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पाराजित गरेको हो ।

पहिलो हाफ गोलरहीत बराबरी सकिएको खेलको ८५ औं मिनेटमा लुई स्वारेजले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।  त्यसको एक मिनेटमै बार्सिलोनाका कप्तान मेस्सीले गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । यो जितसँगै बार्सिलोनाले लिगमा दोस्रो स्थानको एट्लेटिकोसँग ११ अंकको अग्रता बनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.