उपत्यकासहित देशभर पानी र हावाहुरी चल्ने

चैत २३, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परेको छ । काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा शनिवार बिहानैदेखि वर्षा भईरहेको छ । त्यस्तै अन्य क्षेत्रमा पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनरचत्यांगसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू(भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.