निर्मला हत्या प्रकरण: पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

त्यस्ता समाचारबाट आफ्नो मानहानी तथा चरित्रमाथि दाग लाग्ने कार्य भएको भन्दै किरणले मुद्दा हालेका हुन् । उनले पत्रकार भण्डारीमाथि हदैसम्मको कारवाही माग गरेका छन् ।

नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हक प्रदान गरेको छ । पत्रकार भण्डारीले निर्मला प्रकरणमा आफुलाई जोडेर सो हकहरु समेत हनन भएको दायर गरिएको मुद्दामा उल्लेख गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको हत्या प्रकरणमा एसपी विष्टका छोरा तथा भीमदत्त नगरपालिकाका मेयरका भतिजामाथि पनि छानविन हुनुपर्ने आशयको समाचार सम्प्रेशण गरिएको थियो ।

पेशाले फोटोग्राफर रहेका किरणको उक्त प्रकरणमा संलग्नता नरहेको पुष्टि भईसकेको छ । प्रहरीले बेला बेला यसको पुष्टि गर्दै आएको छ । प्रहरीले किरणमाथि गरेको अनुसन्धानपछि उनको संलग्नता नरहेको बताईरहँदा पनि पत्रकार भण्डारीले समाचार मार्फत चरित्र हत्या गर्ने प्रयास गरिरहेको किरणको आरोप छ ।

पत्रकार भण्डारीको कारण आफ्नो पेशामा दिर्घकालिन असर परेको तथा मानसिक यातना सहनुपरेको तथा समाजमा समेत आफ्नो मानप्रतिष्ठामा आँच आएको भन्दै पत्रकार भण्डारीलाई नेपालको कानून अनुसार हदैसम्मको कारवाहीको माग गरिएको हो ।

अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भनि जानी जानी वा विश्वास पुग्ने मनासिव कारण भई लेखेर, आचरण वा आकार वा चिन्ह वा प्रचार प्रसारद्धारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र आचरण नैनिकता, वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरिर सामान्यतया घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्नेगरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचारप्रसार वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानी जानी बिक्री वा वितरण गरेमा गाली बेइज्जती कसुर गरेको मानिनेछ ।

यसअघि चरित्र हत्या गरेको तथा गालिबेइज्जतीमा कसुरमा कञ्चनपुरकै बम दिदिबहिनी (रोशनी बम र बबिता बम) ले पत्रकार भण्डारीविरुद्द जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरुले पनि पत्रकार भण्डारीले कपोकल्पित तथा भ्रामक समाचार सम्प्रेशण गरेर आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका थि ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको शव साउन ११ गते नजिकैको उखुबारीमा नग्न अवस्थामा फेला परेको थियो । घटना भएको ९ महिना पुरा भईसक्दा पनि निर्मलाका हत्यरा पत्ता लाग्न सकेका छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.