रेडक्रस झापाबाट रु ५० हजार सहयोग घोषणा

चैत १८, सुरुङ्गा । नेपाल रेडक्रस सोसाइटी झापाले बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ ।

रेडक्रस सोसाइटी झापाले आज विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्न तत्कालका लागि रु ५० हजार प्रदान गर्ने निर्णय गरेको हो । यसैबीच नेपाल जेसिजले पनि विज्ञप्ति जारी गर्दै मानवीय सहायतामा जुट्न सबैसँग आह्वान गरेको छ । नेपाल जेसिजका सन् २०१९ का अध्यक्ष सिनेटर महेश पौडेलले देशभरका जेसिजलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.