बारामा भिषण आँधी हुरी: २४ जनाको मृत्यु, सयौ घाइते

चैत १७, बारा । आईतवार साझा आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।  मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.