चैत १६, काठमाडौं । काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरिद गरिने जानकारी दिएका छन् ।
आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानुनी प्रावधानसम्बन्धी अन्तरक्रियामा कामपाका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरिद गरिने बताए ।
शाक्यले भने, “कामपामा हाल सञ्चालन गरिरहेको दमकलहरु उपहारस्वरुप आएका हुनाले कम छन्, त्यसैले नयाँ खरिद गर्न आवश्यक छ ।” हाल कामपामा चार वटा दमकल रहेकामा एउटा बिग्रिएको छ भने तीन प्रयोगमा रहेका छन् । रासस

