बच्चा जन्मेको २६ दिनमै जन्मिए जुम्ल्याहा बच्चा

चैत १५, काठमाडौं । बंगलादेशमा एक अपत्यारिलो घटना सार्वजनिक भएको छ । आरिफा सुल्ताना इती नाम गरेकी २० वर्षीया महिलाले एक महिनामा ३ बच्चालाई जन्म दिएकी छन । ती महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि अर्का जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।

२६ दिनअघि उनले सामान्य रुपमा शल्यक्रियामार्फत एक सन्तान छोरालाई जन्माएकी थीन्। उनले पहिलो सन्तालाई जन्म दिएको २६ दिनपछि जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन ।

उनको शल्यक्रियामा रहेका चिकित्सकले शल्यक्रियाका क्रममा उनको पेटमा जुम्ल्याहा बच्चा रहेको थाहा नपाएको बताएका छन । पछि उनी अस्पताल जाँदा चिकित्सकले ुअल्ट्रासोनेग्राफीु टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।उनको उपचारमा संलग्न डा। शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, “हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन। २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।ु

निकै दुलर्भ घटना अनुसार ती महिलाले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन्। डाक्टरहरुसमेत यो घटना देख्दा अचम्ममा परेका छन । उनीहरुले यस्तो घटना दुर्लभ रहेको बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.