त्रिविबाट ‘वल्ड क्लिनअप’ अभियान सुरु

चैत १४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट ‘वल्र्ड क्लिनअप’ अभियान बिहीबार सुरु गरिएको छ ।

त्रिविमा अध्ययनरत विद्यार्थीहरूले आफू अध्ययन गर्ने केन्द्रीय क्याम्पस कीर्तिपुर परिसरको सरसफाई गरी अभियानको सुरुवात गरेका हुन् । आगामी सेप्टेम्बर २१ तारिखको ‘वल्र्ड क्लिनअप डे’ सम्ममा देशका ७७ वटै जिल्लामा अभियान सञ्चालन गरिने सफाई अभियान्ता एवम् ‘वल्र्ड क्लिनअप डे इभेन्ट’ का नेपाल संयोजक समेत रहेका सुमन लम्सालले जानकारी दिए । उनले ‘आफ्नो घर आफै सफा गर’ भन्ने नाराका साथ सफाई अभियान सञ्चालन गरिएको बताए । ‘हामी यही क्याम्पस पढेका हौँ’, उनले भने ‘यसको मतलव यो क्याम्पस हाम्रो घर हो, त्यसैले अभियानको सुरुवात यहीँबाट ग¥यौँ ।’ सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत गाउँ तथा नगर सफा गरी पर्यटक भित्र्याउनमा सहयोग गर्ने उद्देश्यले पनि अभियान सुरुवात गरिएको अर्का अभियान्ता संगमबाबु मल्लले बताए ।

अभियानमा त्रिवि क्याम्पस प्रमुख (प्रिन्सिपल) कार्यालयले समेत साथ दिएको थियो । कार्यालयले मास्क, पञ्जा र पोलिथिन उपलब्ध गराएको अभियान्ता मल्लले जानकारी दिए । यस्तै क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले अभियानको सन्देश सकारात्मक रूपमा प्रवाह हुने बताए । ‘त्रिवि परिसरमा फ्याँकिने धेरै फोहोर विद्यार्थीले नै फ्याँकेका हुन्’, उनले भने, ‘उनीहरूले नै सफा गर्दा आफूले गरेको फोहोर आफै सफा गर्नुपर्ने सकारात्मक सन्देश प्रवाह भएको छ ।’

नेपालमा अघिल्लो वर्ष सन् २०१८ बाट मनाउन थालिएको ‘वल्र्ड क्लिनअप डे’ अभियानमा साथ दिन विशेषगरी युवालाई अभियान्ता लम्सालले आग्रह समेत गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.