चैत १४, जुम्ला । जुम्लामा घर भत्किँदा श्रीमान श्रीमती घाइते भएकामा श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको गुठिचौर गाउँपालिका ५ धिता बाख्रेचौरमा स्याउको बगैँचामा रहेको निर्माणाधीन दुई तले घर बुधबार बेलुकी भत्किँदा श्रीमान श्रीमती दुवै घाइते भएका थिए । दुई तले घर भत्किँदा चन्दननाथ नगरपालिका ५ का ५१ वर्षीय रत्नराज गिरी र उनकी श्रीमती ४९ वर्षीया हरीदेवी घाइते भएका हुन्।
रत्नराजको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सोही अस्पतालमा पोष्टमार्टमपछि उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

