ट्रयाक्टर दुर्घटनाहुँदा ६ जना घाइते

चैत १४, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। रामेछापको सदरमुकाम मन्थलीबाट रड र सिमेन्ट लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा दुर्घटना भएको हो ।

बुधबार साँझ भएको दुर्घटनामा परि घाइते हुनेमा पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी, विजय गिरी र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा रहेका छन्। सशस्त्र प्रहरीका अनुसार घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर छ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको उपचार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा भइरहेको छ। घटना बारे थप जानकारी आउन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.