चैत १३ , काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणका लागि दश दिनको समय दिएको हो ।
कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्य्विधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन आह्वान गरिएको छ । अब सरकारले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिनेछ । सरकारले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न भनेसँगै दश महिनादेखि रोकिएको मलेसियामा नेपाली कामदार जाने बाटो खुल्न लागेको संकेतका रुपमा लीएको छ ।
सरकारले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न भनेसँगै दश महिनादेखि रोकिएको मलेसियामा नेपाली कामदार जाने बाटो खुल्न लागेको संकेतका रुपमा लीएको छ ।

