ट्याक्सी पछाडिको कागज हटाउन सरकारको निर्देशन, नहटाए कारबाही गर्ने चेतावनी

चैत १३ , काठमाडौं । सरकारले ट्याक्सी पछाडिको कागज हटाउन सनिर्दशेन दिएको छ । विशेष गरि काठमाडौंका ट्याक्सी चालककले ट्याक्सीको पछाडि आफुहरुमाथि अन्याय भएको भन्दै कागजमा लेखेर टाँस्ने गर्दै आएका छन । सोही कागज यात्रुबाट थप असुली गर्ने नियतमा टाँसेको भन्दै सरकारले हटाउन निर्देशन दिएको हो ।

२०६९ पछि तीनपटक ट्याक्सीको भाडादर समायोजन गरेको तर ट्याक्सी चालक र व्यवसायीले यात्रुबाट थप असुली गर्ने नियतमा साथ यस्ता कागज टाँसेको सरकारकाे भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्र लेख्दै यातायात व्यवस्था विभागले यस्तो टाँसिएका कागज उप्काउएर फाल्न र झुठो प्रचार गर्ने ट्याक्सीमाथि कारवाही गर्न सरकारले निर्देशन दिएको हो । विभागमा निर्देशक गोकर्ण उपाध्यायले २०६९ पछि २०७१, २०७२ र २०७५ मा गरेर पटकपटक भाडादर बढाइएको भन्दै ‘त्यस्तो झुटो लिखित कागज टाासेर यात्रुलाई भ्रमित पार्दै भाडा असुल्न नपाइने’ बताएका छन ।

“ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिए पनि त्यसको प्रयोग नगन्य मात्रै भइरहेको छ, ठगी नियन्त्रणका लागि सुरु गरिएको मिटर प्रिन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझै तयार भएका छैनन ।” उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.