अध्यक्षलाई कार होइन, सर्वसाधारणका लागि बस किन्ने यो गाउँपालिका

चैत १३ , काठमाडौ‌ं । कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महंगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टिकाटिप्पणी भइरहेको बेला उदयपुरको लिङबुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ।

नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिन नागरिकलाई सुलभ भाडादरमा उपयोग गर्नेगरी दुईवटा बस खरिद गर्ने निर्णय भएको अध्यक्ष मेजर राईले बताए।गाउँपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधनले नियमित सेवा दिन नसकेको र कतिपय सर्वसाधारणले भाडा तिरेर सार्वजनिक यातायातको सेवा लिन नसकिरहेको अबस्थामा गाउँपालिका आफैँले बस खरिद गर्ने निर्णय गरेको हो।

उदयुरका चार नगरपालिका र चार गाउँपालिकामध्ये लिङबुङबुङ गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले गाडी खरिद गरिसकेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.