चैत १२, काठमाडौं । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ काभ्रे जिल्लाले समिति विस्तार गरेको छ ।
शनिवार जिल्ला अध्यक्ष प्रेम बहादुर तामाङको सभापतित्वमा बसेको बैठकबाट जिल्ला समितिमा थप नयाँ सदस्य मनोनीत गराएका हुन । ४ उपाध्यक्ष, २ सचिव, ५ सहसचिव र १ कोषाध्यक्ष सहित अहिले ५३ सदस्य रहेको समिति निर्माण भएको छ ।
४ उपाध्यक्षहरुमा रमेश थोकर, सुनिल लुईटेल, प्रदीप लामा, सुजन भण्डारी र योगेश मोक्तान रहेका छन् भने सचिवमा निर्मल पाण्डे र सुदीप बम्जन रहेका छन् । ४ सहसचिवहरुमा प्रेम लामा थोकर, सरोजा सत्याल, नारायण ब्लोन, कर्म लामा र प्रेमराज तामाङ रहेको त्यस समितिमा अनिता पाण्डे कोषाध्यक्ष रहेकी छिन् ।


