‘कला, संस्कृतिको संरक्षण आवश्यक’

चैत ११, भीमदत्तनगर । खानेपानीमन्त्री बिना मगरले कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगा जाँइमा आज आयोजित राना थारु होली मिलन कार्यक्रमममा उहाँले थारु संस्कृति र विविधताको संरक्षणका लागि अभियान नै चलाएर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “राना थारुको कला, संस्कृति र संस्कारको संरक्षणका लागि स्थानीय तहदेखि सङ्घीय सरकार पनि लाग्नेछ”, मगरले भन्नुभयो, “यहाँको विकासका लागि योजनासहित जनताको घरदैलोमा आउने योजनामा छु ।”

गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले लालझाडीको विकासका लागि मन्त्रीमगर समक्ष दश सुत्रिय लिखित मागसहितको ज्ञापनपत्र बुझाउनुभएको थियो । कार्यक्रममा करीब आधा दर्जन बढी राना थारु गाउँबाट आएका स्थानीय कलाकारले होली नृत्य प्रस्तुत गरेका थिए । होली मिलन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सत्तारुढ दलका प्रमुख सचेतक तारालामा तामाङ, प्रदेशसभा सदस्य श्यामलाल रानालगायतको सहभागिता थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.