हेलिकोप्टरबाट एक सिट हटाउने प्राधिकरणकाे निर्णय हेलिकोप्टर सोसाइटीले मानेन

चैत ११, काठमाडौं । ताप्लेजुङमा भएकाे भिभिआइपी सवार हेलिकोप्टर दुर्घटनालगत्तै नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकोप्टरकाे एक सिट हटाउने निर्णय गरेकाे थियाे । तर याे निर्णय हेलिकोप्टर संचालकहरुकाे स‌ंस्था हेलिकोप्टर सोसाइटी नेपालले आफूहरुलाई मान्य नभएकाे भन्दै असन्तुष्टि जनाएका छ ।

तर प्राधिकरणले उक्त निर्णय सबै हेलिकप्टर संचालकसँगकाे छलफलमै गरेकाे थियाे । साे निर्णयअनुसार एएस३५०।एच१२५ माेडलका हेलिकोप्टरले अब ५ जना (पाइलटसहित ६ जना) यात्रु मात्रै यात्रु बोक्न पाउने भनिएकाे थियाे । साे निर्देशनप्रति असन्तुष्ट हुँदै सोसाइटीले सिट संख्या घटाउँदैमा दुर्घटना राेक्न नसकिने बताएकाे छ ।

प्राधिकरणले हेलिकोप्टर व्यवसायी, हेलिकोप्टर सोसाइटी नेपालका उच्चपदाधिकारी र हेलिकोप्टरका क्याप्टेनहरुलाई बोलाएर हालै सिट संख्या बारेमा छलफल गरेकाे छ । साे क्रममा साेसाइटीका महासचिव योगराज कँडेलले कम्पनीले नै उल्लिखित माेडलका हेलिकोप्टरकाे सिट क्षमता क्याप्टेन सहित ७ जना नै हुनेगरी बनाइएकाे दाबी गरे ।

तर प्राधिकरणले भने राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधास्वरुप कम्पनीले ७ सिटे क्षमता उपलब्ध गराए पनि साेकाे दुरुपयोग भएको भन्दै पाइलट छेउको एउटा ‘बेन्चसिट’मा यात्रु नबोक्न निर्देशन दिएकाे थियाे ।

यही फागुन १५ गते ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टीको हेलिकोप्टर यही एएस३५०रएच१२५ मोडलको थियो । जसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलगायत सवार सातै जनाको निधन भएको थियो । हाल नेपालमा यस मोडलको २० वटा हेलिकप्टर रहेको बताइन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.