काठमाडौं उपत्यकामा २० किमीको मेट्रो रेल बन्ने

चैत्र ११, काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभागले जनाएको छ ।

आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए। त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ।

मेट्रो रेलतर्फ नै सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानिलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ। यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.