इराकमा डुंगा दुर्घटना हुँदा कम्तिमा १०० को मृत्यु

चैत्र ०८, एजेन्सी । इराकको मोसुल शहरमा टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ । २०० जना चढेको डुंगा नदी पार गर्ने क्रममा दुर्घटनामा परेको त्यहाँका सञ्चारमाध्यले जनाएकाछन । उनीहरु कुर्दिश नयाँ वर्ष र आमाको दिन मनाइरहेका थिए । डुंगा नदीबीचको एक सानो टापु नजिकै दुर्घटना भएको बताइएको छ ।

घुम्नका लागि पर्यटकीय क्षेत्रमा जाँदै गरेका मानिसहरु मध्ये धेरै जसो मृत्यु हुनेमा महिला रहेका छन । करिब ६१ महिला र १९ बालबालिकाको मृत्यु भएको बताइएको छ । ५५ जनाको भने सकुशल उद्दार गरिएको छ।

डुंगमा सवारहरुलाई मोसुल बाँधको ढोका खोलिएकाले नदीमा पानीको सतह बढेको बारेमा पहिला नै चेतावनी जारी गरिएको त्यहाँका अधिकारीहरुको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.