भाषा परीक्षा पास गरेका साढे ९ हजार नेपालीले जान पाएनन् कोरिया

चैत्र ०८, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन्।

कोरियाले सन २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो। भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन्। परीक्षा छनोटको आधारमात्रै बनेको छ।
कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ।

त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ। कामदार आफैंले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन्। ‘हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो,’ ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.