परिक्षा केन्द्रमा मर्यादा विपरीत फोटो खिच्दै रमाए जनप्रतिनिधि

प्रारम्भ खबर ।
चैत ७, काठमाडौं । संघिया संरचनाको निर्माणसंगै कार्यन्वयनको प्रक्रियामा अगाडी बढिरहेको मूलुकमा स्थानीय तहदेखि प्रदेश र संघको आ–आफ्ना छुट्टै अधिकार सम्पन्न नीति बनेको छ ।

यतिखेर मुलुकभर शैक्षिक संघसंसथाहरुले विद्यार्थीहरुको वर्षदिनको नतिजाको परिक्षण गर्ने समय भएको छ । सो परिक्षणका लागि स्थानीय तह स्तरियबाट लिइएको कक्षा ८ को परिक्षामा समुदाय तथा नीजि विद्यालयका विद्यार्थीहरु एउँटै परिक्षा केन्द्र सहभागी भएका छन् । नगर वा गाउँ स्तरिय परिक्षामा भने केन्द्रको अनुगमनको नाममा जनप्रतिनिधिहरुको भीड लागेको भन्दै विभिन्न शैक्षिक संघसंस्थाका शिक्षकहरुको गुणासो आउन थालेका छन् । त्यस्तै काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका शिक्षा शाखाले लिईएको कक्षा ८ को परिक्षा केन्द्रहरुमा पनि अनुगमनको नाममा जनप्रतिनिधिको बाग्लो उपस्थिति देखिन्छ ।

तस्बीरः वडा अध्यक्ष नारायण सुवेदीको फेसबुक वालबाट

 

विद्यार्थीको मनोविज्ञानलाई नै प्रभाव पार्ने गरी परिक्षा केन्द्रमा अनुगमन गरिएको छ । विद्यार्थी परिक्षा दिईरहेको समयमा अनुगमनको नाममा एउँटै कक्षाकोठामा एक हुल मान्छे प्रवेश गरिएपछि विद्यार्थीहरुको ध्यान नै तिनीहरुमा परेको केही तस्बीरहरुले देखाईराखेको छ । त्यस्तै अनुगमनको क्रममा नाराणटार स्थित खगेन्द्र नवजीवन माध्यमिक विद्यालयको परिक्षा केन्द्रमा गोकर्णेश्वर नगरपालिका वडा ५ र ६ का अध्यक्ष लगायत केही व्यक्तिहरुको समूह प्रवेश गर्दै तस्बीर समेत खिचिएको दृश्य फेला परेको छ । उक्त तस्बीरहरुमा परिक्षा केन्द्रको आचारसंहिता विपरी परिक्षा हलभित्र क्यामेरा वा मोबाईलको प्रयोग गरी परिक्षार्थीहरुलाई प्रश्नउत्तरमाभन्दा अन्तै ध्यान खिचाईराखेको अनुगमनकर्ताहरुले सार्वजनिक गरेको तस्बीरले देखाएको छ ।

उक्त परिक्षा केन्द्रमा वडा ५ का अध्यक्ष नारायण सुवेदी र वडा ६ का अध्यक्ष रमेश अर्याल स्पष्ट रुपमा देखिएको छ । परिक्षा हलमा विद्यार्थीहरुको ध्यानलाई अन्त मोडिने गरी गरिएको अनुगमनका बारेमा प्याब्सन काठमाडौं जिल्लाका अध्यक्ष तथा विद्या व्यायाम अंग्रेजी मा.विका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले परिक्षाको मर्यादाविपरीत कार्य भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले भने– ‘अनुगमनको नाममा विद्यार्थीको मनोविज्ञानलाई असर पर्ने गरी भीडभाड गर्नुहुदैन, अनुगमनकर्ताको काम परिक्षा हल बाहिर बसेर शान्ति स्थिति के कस्तो छ भन्ने बारेमा मात्र बुझ्ने हो ।’

त्यस्तै शिक्षा क्षेत्रका विज्ञहरुले सा–साना विद्यार्थीहरु अन्य समयभन्दा परिक्षाको समयमा फरक सोचका साथ कक्षामा प्रवेश गरिने भएकाले उनीहरुको मनोविज्ञान नै परिक्षामा मात्र केन्द्रित हुने बताएका छन् । परिक्षाको बेला मानसिक वा कुनै प्रकारको त्रासमा आफ्नो परिक्षा विगार्ने भएकाले सकेसम्म परिक्षा केन्द्र शान्ता र व्यवस्थित हुनुपर्ने उनीहरुको भनाई छ । अनुगमनलाई पनि व्यवस्थित गरी परीक्षाको आचारसंहिता निर्वाह गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.